गृह पृष्ठ

digdarshan

पुर्बी चितवनको रत्ननगर नगरपालिका वाडा नम्बर-१५, माधवपुरमा अबस्थित दिग्दर्शन युवा क्लब, बि. स. २०५२ सालमा  ज्ञान ज्योती युवा क्लबको नामले स्थापना भई बि. स. २०५८ सालमा नाम परिपर्तन गरि दिग्दर्शन युवा क्लब बनाइएको यो क्लब पुर्बी चितवनकै पुरानो सक्रिय युवा क्लब हो । स्थापना समय देखिनै विभिन्न मनोरन्जनात्मक, खेलकुद तथा सेवामुलक कार्यक्रमहरु सम्पन्न गर्दै आएको यस क्लबले गत बैशाख १८ गते सम्पन्न गरेको रक्तदान कार्यक्रम क्लबको आयोजनामा भएको दोश्रो रक्तदान कार्यक्रम हो । उक्त रक्तदान कार्यक्रममा १०४  रक्तदाताहरुले रक्तदान गर्नुभएको थियो । रक्तदान कार्यक्रम नेपाल रेडक्रस सोसाइटी, चितवन शाखा भरतपुरको प्राबिधिक सहयोगमा सम्पन्न गरिएको हो ।